Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

९ सहरमा पुग्दै साम्राज्ञी र धिरज

फिल्मीखबर, काठमाण्डौ, 2018/08/31
ट्रेलर र गीतसंगीतका कारण चर्चामा रहेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ ले अब आफ्नो प्रचारलाई तिव्र बनाउने भएको छ । 
 
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम मोफसल दौडाहामा निस्कने भएको छ । विर्तामोड, दमक, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, चितवन र बुटवलमा हुने प्रोमोसनल टुरमा अभिनेता/अभिनेत्रीसँगै निर्देशकको उपस्थिति रहनेछ । 
 
 
दर्शकलाई फिल्मको विषयमा विस्तृतमा जानकारी दिने ध्येयले प्रदेश दौडाहाको आयोजना गर्न लागिएको निर्देशक रेनाशा वान्तवा राईले बताइन् । अभिनेत्री साम्राज्ञी तेस्रो पटकको मोफसल टुरलाई लिएर उत्साहित छिन् । अभिनेता धिरजको भने यो पहिलो मोफसल यात्रा हुनेछ । 
 
भाद्र १६ गतेबाट सुरु हुने टुर भाद्र २९ गतेसम्म चल्नेछ । देशका प्रमुख ९ सहरमा हुने टुरमा पत्रकार भेटघाटदेखि सांगीतिक कन्सर्टको आयोजना गरिने निर्माण टिमबाट खबर प्राप्त छ । टुरमा केही गायक-गायिकाहरुले पनि आफ्नो प्रस्तुति दिनेछन् । 
 
असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । 
Most Visited News (monthly)