मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् वरिष्ठ कलाकार हरिप्रसाद रिमाल

फिल्मीखबर, काठमाण्डौ, 2018/08/31
वरिष्ठ कलाकार, रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।  १९८२ असोज २ गते जन्मिएका रिमालको भाद्र १५ गते विहान १ बजे निधन भएको हो । 
 
अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई विहान १० बजेदेखि उनकै निवास ह्वाइटहाउस कलेज अगाडि राखिने फिल्म निर्देशक सम्राट सापकोटाले जानकारी दिए । 
 
 
अन्त्येष्टिका लागि उनको पार्थिव शरीर दिउँसो १ बजे कुनै तडकभडक नगरि पशुपति आर्यघाट लगिने पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकार रिमालले दर्जनौं सम्झनलायक फिल्ममा अभिनय गरेका छन् । 
 
 ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा उनले अभिनय गरेका थिए । उनी गायन, निर्देशन, संगीत र अभिनय विधामा अब्बल मानिन्छन् ।