Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बन्ने भयो ‘तिमी र म’, कबिर र सूर्याको जोडी पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2018/08/30
‘लम्फू’ फेम्ड अभिनेता कबिर खड्का नयाँ प्रोजेक्टमा आबद्ध भएका छन् । ‘तिमी र म’ नाम जुराइएको फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको छ । 
 
 
२०१९ को जनवरीबाट छायांकन सुरु हुने यस फिल्ममा कबिरको जोडी अभिनेत्री सूर्या थापासँग बाँधिएको छ । फिल्मका लागि अझै एक नायक र एक नायिका छनौट हुन बाँकी छ । 
 
अष्ट्रेलियामा खिचिने लभस्टोरी जनराको ‘तिमी र म’ लाई नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्नेछन् । सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् । 
 
 
सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा फिल्मले वाचन गर्ने निर्देशक पोखरेलले बताए । १ करोड ५० लाखमा निर्माण भ्याउन लक्ष्य लिइएको उक्त फिल्म एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो । 
 
 
कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर काम गर्न लागेको अभिनेता खड्काले बताए । अभिनेत्री थापाको भनाई पनि यस्तै छ । दुवै यो फिल्म करिअरका लागि सञ्जीवनी बुटी साबित हुनेमा आशावादी छन् । 
Most Visited News (monthly)