Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

२ महिनामा प्याकअप भयो अनमोलको ‘क्याप्टेन’

फिल्मीखबर, काठमाण्डौ, 2018/08/30
कात्तिक १६ मा आउने प्रवल सम्भावना रहेको सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को इन्डक्ल्याप भएको छ । फिल्म २ महिनामा 'प्याकअप' भएको हो । दीवाकर भट्टराई निर्देशित यस फिल्मको निर्माण भुवन केसीले गरेका छन् । 
 
निर्माण टिमले भदौ २४ गते आइतवार फिल्मको पहिलो गीत सार्वजनिक गर्दै औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गर्दैछ । उक्त फिल्ममा भिएफएक्सको अधिक प्रयोग हुने बताइएको छ । यसमा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । 
 
जिल्ला स्तरिय हुँदै राष्ट्रिय फुटबल टिमको क्याप्टेन भएको एक युवकको संघर्षको कथा यो फिल्मले बोल्नेछ । हालै सार्वजनिक भएको पोस्टरले पनि फिल्मको मूल कथा प्रस्ट्याएको छ । पोस्टरमा अनमोललाई फुटबल खेलाडीको अवतारमा देख्न सकिन्छ । 
 
 
‘क्याप्टेन’ का लागि १२ केजी तौल घटाएका उनी गएको वर्ष प्रदर्शनमा आएको फिल्म 'कृ' पछि पर्दामा फर्किन लागेका हुन् । लगातार पाँच फिल्म सुपरहिट दिएका अनमोलको यो फिल्मको दर्शकमा व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ । पोस्टरले झनै कौतुहलता जगाएको छ । 
 
‘क्याप्टेन’ मा अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 
 
‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।
Most Visited News (monthly)