Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर.के. स्टूडियोको मुल्य ५ सय करोड

एजेन्सी, मुम्बई, 2018/08/30
राजकपूर द्वारा स्थापित चर्चित आर.के. स्टूडियोलाई बेच्ने तयारी भइरहेको छ । यो कुराले फ्यानदेखि बलिउड कलाकारहरु पनि भावुक भएका छन् किनकी, यो स्टूडियोसँग उनीहरुको गहिरो याद जोडिएको छ । 
 
केही दिनयता फिल्मी गल्लीमा हरेक तर्फ आर.के स्टूडियोको चर्चा भइरहेको छ । हरेक कोही यस बारेमा जान्नका लागि इच्छुक छन् । मानिसहरु यसको मुल्यको पनि चर्चा गरिरहेका छन् ।   
 
 
दुई एकडको यो प्लट ५ सय करोडमा बिक्री हुनसक्ने भारतीय मिडियाले बताएका छन् । यो रकम कपूर परिवारका सदस्यमा बराबर बाँडिने खबर छ । केही दिन अगाडि ऋषि कपूरले आर.के. स्टूडियो बेच्ने फैसलाको घोषणा गरेका थिए । 
 
ऋषिले भनेका छन्, 'अब यसको मर्मत गर्नु आर्थिक रुपबाट व्यावहारिक छैन । यसैले कपूर परिवारले यसलाई बेच्ने फैसला लिएको छ ।' आर.के. स्टूडियोको स्थापना १९४८ मा भएको थियो । 
 
यो स्टूडियोमा कयौं लिजेन्ड फिल्म निर्माण भइसकेका छन् । 'आग', 'बरसात', 'आवारा', 'जिस देश में गंगा बहती है', 'श्री ४२०', 'मेरा नाम जोकर' जस्ता फिल्मको छायांकन यही स्टूडियोमा भएको हो ।  
Most Visited News (monthly)