आउँदो असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको फिल्म ‘बाँध मायाले’को पहिलो प्रदर्शन अमेरिकाबाट शुरू गरिएको छ । हिजो मंगलबार अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा फिल्मको प्रिमियर गरिएको हो ।


सविर श्रेष्ठ निर्देशित फिल्म 'बाँध मायाले'को प्रिमियरमा अभिनेता आर्यन अधिकारीको साथमा फिल्म निर्देशक, निर्माता तथा अभिनेता आकाश अधिकारीको उपस्थिती थियो । फिल्म हेर्ने दर्शकले र्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको प्रेम कथालाई रूचाएको पाईयो । यो फिल्म सेप्टेम्बर २ तारिखका दिन क्यालिफोर्नियाकै मिलिपिटास शहरमा पनि प्रदर्शन गरिंदै छ ।

.jpg)
लभ स्टोरी फिल्म ‘बाँध मायाले’ लाई निर्देशक श्रेष्ठ र रामहरी धिताल मिलेर बनाएका हुन् । निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । फिल्ममा आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

