Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गीत गजल’ बाट सारा बाहिरिइन्, अब रुप र आरोहीको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2018/08/29
'जोनी जेन्टलम्यान' फेम्ड निर्देशक नितिन चन्दले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । दोस्रो फिल्मको नाम ‘गीत गजल’ जुराइएको छ । यो फिल्मको लिड रोलमा नयाँ कलाकारलाई अनुबन्ध गरिएको छ । 
 
नितिनले यस फिल्मबाट रुप पोखरेल र आरोही सिंहलाई डेब्यु गराउँदैछन् ।  आरोहण क्षेत्रीले निर्माण गर्ने फिल्मको बजेट उच्च हुने बताइएको छ । लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अन्य कलाकार छनौटको चरणमा रहेका छन् । 
 
 
‘गीत गजल’ मा यसअघि अभिनेत्री सारा सिर्पाली लिड रोलमा फाइनल भएकी थिइन् । निर्माण टिमसँग केही कुरामा असमझदारी भएपछि उनले फिल्मबाट हात झिकेकी छन् । यो कुराको पुष्टि निर्देशन चन्दले गरे । साराले केही दिन वर्कसप पनि गरेकी थिइन् । 
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहनेछ । 
 
भाद्र अन्तिम साताबाट फ्लोरमा निस्कने फिल्मका गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर सुन्न सकिनेछ । ‘गीत गजल’ को अहिले धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको छ ।
Most Visited News (monthly)