Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाँध मायाले’ को यस्तो प्रचार शैली

फिल्मीखबर, काठमाण्डौ, 2018/08/29
अचेल फिल्मतर्फ दर्शकको ध्यान तान्न सजिलो छैन । यसैले त फिल्ममेकर्स प्रचारका लागि अनेकन फण्डा अपनाउने गरेका छन् । यो भिडबाट असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ अछुतो रहने त कुरै भएन । 
 
विशेषगरि, सामाजिक सञ्जाल फेसबुकमा सक्रिय दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो । निर्देशक सविर श्रेष्ठका अनुार, प्रत्येक दुई दिनमा फिल्म ‘बाँध मायाले’ को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ । 
 
 
सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्माता समेत रहेका श्रेष्ठ बताउँछन् । 
 
'फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार गरिरहने छौं', सविर भन्छन् । लभ स्टोरी फिल्म ‘बाँध मायाले’ लाई सविर र रामहरी धिताल मिलेर बनाएका हुन् । निर्माताको रुपमा केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । 
 
फिल्ममा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् । 
Most Visited News (monthly)