Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यशको ‘छिरिङ्ग’ टीजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/28
गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ्ग’ को टीजर रिलिज भएको छ । यशकै निर्देशन रहेको फिल्मको टीजरमा प्रेम र द्वन्द्व भेटिन्छ । 
 
 
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । उक्त फिल्ममा कामना भुजेल सोलो हिरोइनको रुपमा छिन् । 
 
दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । 
 
 ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । 
 
टीजर हेर्नुहोस् :-

Most Visited News (monthly)