Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिट भयो ‘सत्यमेव जयते’, अब ‘पागलपन्ती’ मा जोन

फिल्मीखबर, काठमाण्डौ, 2018/08/28
बलिउड सुपरस्टार जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ बक्सअफिसमा हिट साबित भएको छ । घरेलू बजारबाट प्रदर्शनको १२ दिनमा ८३ करोड बढीको कलेक्सन गरिसकेको यो फिल्म अब सय करोडको दौडमा छ । 
 
उक्त फिल्म हिट भएसँगै जोनको नयाँ फिल्मको घोषणा भएको छ । निर्माता तथा निर्देशक अनीस बज्मीले जोनलाई ‘पागलपन्ती’ मा निर्देशन गर्ने जानकारी दिएका छन् । बज्मीले यसअघि 'वेलकम ब्याक' को निर्देशन गरेका थिए । 
 
 
उनले भने, 'जोन निश्चित रुपमा ‘पागलपन्ती’ मा हुनेछन् । मैले उनीसँग 'वेलकम ब्याक' गरेको थिएँ, जुन सुपरहिट साबित भएको थियो । हामी दुवै एक नयाँ फिल्म गर्न चाहिरहेका थियौं ।' उनले आफूसँग नयाँ विषय भएका कारण जोनलाई लिएर फिल्म बनाउन लागेको बताए । 
 
'वेलकम', 'नो इन्ट्री' र 'सिंह इज किंग' का लागि प्रसिद्ध बज्मीको नाम विभिन्न फिल्मसँग जोडिएको छ । खबरअनुसार, उनले 'आंखें २' को निर्देशन गर्ने सम्भावना प्रवल छ, जसमा मेगास्टार अमिताभ बच्चन देखिनेछन् । 
 
कुनै पनि कुराको पुष्टि नगर्दै बज्मीले भने, 'आंखें २' लाई लिएर कुरा भइरहेको छ । हामी चाँडै यस विषयमा फैसला लिने छौं ।' अभिनेता कार्तिक आर्यनलाई पनि लिएर उनले एक फिल्म बनाउँदैछन् । यसको औपचारिक जानकारी भने प्राप्त भएको छैन । 
Most Visited News (monthly)