Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कस्मिक लभ’ को गीतमा दीयासँग रोमान्टिक बने प्रशान्त

फिल्मीखबर, काठमाण्डौ, 2018/08/28
ह्याण्डसम भिलेनका रुपमा परिचित प्रशान्त ताम्राकारलाई पहिलो पटक रोमान्टिक अवतारमा देख्न पाइने भएको छ । फिल्म ‘कस्मिक लभ’ मा उनी अभिनत्री दीया मास्केसँग रोमान्टिक बनेका छन् । 
 
 
इन्टरनेट रिलिज भएको उक्त फिल्मको ‘कोया कटरको...’ बोलको गीतले प्रशान्त र दीयाको प्रेमभाव बोल्छ । भिडियोमा दुईको केमेस्ट्री गजब देखिएको छ । दिनेश सुवेदीको शब्दमा बाबुल गिरीले गीतमा संगीत भरेका छन् । 
 
रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले गीतमा स्वर दिएका छन् । गीतको अडियो उत्कृष्ट बनेपनि रविन शाहको कोरियोग्राफी कमजोर छ । भिडियोमा राजाराम पौडेल, रिजन थापा, पूजन थापालगायत कलाकार पनि फिचर्ड छन् । 
 
बि.एस. बलामी र एस.अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।
 
‘कस्मिक लभ’ लाई सुरज प्रधानले निर्माण गरेका हुन् । रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण भएको फिल्ममा रिजन थापा, अर्पण थापा, रविन तामाङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । 
 
गइत हेर्नुहोस् :-

Most Visited News (monthly)