Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गाईजात्रामा पूजा र आकाशको ठुम्का, नाचे सेड्रिना र अनुभव पनि (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/27
रेडियो अडियोले हरेक वर्ष आयोजना गर्ने 'बानेश्वरको गाईजात्रा' सोमवार भब्य रुपमा सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको निर्माण कार्य भइरहेको हुँदा यसपटक देशका चर्चित हास्यकलाकारले बानेश्वरको सडकमा दर्शक हँसाए । 
 
 
सयौं दर्शकको उपस्थिति रहेको गाईजात्रामा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेलगायतका हास्यकलाकारले आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रम प्रदर्शनको तयारीमा रहेका फिल्मको प्रचार गर्ने उपयुक्त मञ्च पनि बन्यो । 
 
 
भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको 'रामकहानी' का लिड कलाकार जितु र केदारसँगै अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले जमेर फिल्मको प्रचार गरे । फिल्ममा समावेश 'तिम्रो लागि म छु...' बोलको हिट गीतमा उनीहरु कम्मर मर्काउन पनि पछि परेनन् 
 
 
उता प्रदर्शनरत फिल्म 'नाईं नभन्नू ल ५' को प्रचार गर्न बाल कलाकार द्वय अनुभव रेग्मी र सेड्रिना शर्मा पनि गाईजात्रा समारोहमा पुगेका थिए । दुवैले दर्शकलाई फिल्म हेर्न निम्तो दिँदै 'बालापन...' गीतमा ठुम्का लगाए । उनीहरुलाई देखेपछि दर्शकले हुटिङ गरेका थिए । 
 
 
यस्तै, हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले हास्यव्यंग्य प्रस्तुत गर्दै 'छक्का पञ्जा ३' दशैंमा प्रदर्शन हुने जानकारी दिए । दुईले जितु र केदारको साथमा फिल्ममा समावेश 'पहिलो नम्बरमा...' गीतमा आफूसँगै दर्शकलाई पनि नचाए । 
Most Visited News (monthly)