सुपरस्टार अनमोल केसी अहिलेका 'हटकेक' हुन् । लगातार पाँच फिल्म सुपरहिट दिएपछि उनको लोकप्रियता निकै चुलिएको छ । महंगा अभिनेताको सूचीमा आफूलाई अग्रणी स्थानमा उभ्याएका उनी अचेल छैठौं प्रोजेक्ट 'क्याप्टेन' मा व्यस्त छन् ।
(2).jpg)
यस्तैमा उनी पहिलो पटक 'अनमोल इभ-२०१८' मार्फत् मोफसलका दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्दैछन् । विना पारिश्रमिक यो इभेन्टमा आबद्ध भएका उनले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुती दिँदैछन् ।
शनिवार उनले हजारौं बुटवलबासीलाई झुमाए । हेलिकप्टरमार्फत् कन्सर्ट स्थान पुग्ने घोषित तालिका भएपनि प्रतिकुल मौसमका कारण त्यो सम्भव भएको थिएन । शनिवार अनमोल पिता भुवन केसीको साथमा प्लेनमार्फत् बुटवल पुगेका थिए ।
(2).jpg)
लगातारको झरीका कारण बुटवल कार्यक्रम स्थगित हुने निश्चत भएको थियो । तर, पानीले 'अनमोल इभ' रोकिएन । अनमोल पनि पानीको प्रवाह नगरि दर्शक भेट्न साँझ ८ बजे स्टेज चढेका थिए । कार्यक्रम भने ३ बजेबाटै सुरु भएको थियो ।
सिमसिमे पानीमै अभिनेत्री प्रियंका कार्कीले साँझले भित्रने संकेत गर्दैगर्दा झन्डै १५ मिनेट आफ्नो दमदार नृत्य प्रस्तुत गरेकी थिइन् । नमस्ते नेपाल, सप्तक ब्याण्डका बाल कलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले र्याम्पमा क्याटवाक समेत गरेका थिए ।
.jpg)
अभिनेता अनमोल केसीलाई हेर्नका लागि दिउँसैदेखि बुटवल मण्डपमा ७ हजार बढी दर्शकको भिड थियो । टिकट काटेर नेपाली सेलिब्रेटीलाई हेर्ने दर्शकको यस्तो भिड विरलै देख्न पाइने आयोजक कम्पनी मोनिका इन्टरनेसनल ग्रुपका अध्यक्ष कमल जीसीले बताए ।
'अनमोल इभ-२०१८' मा अभिनेता अनमोलले फिल्म 'कृ' मा समावेश 'यति यति पानी गंगा रानी' गीतमा नृत्य गर्दा पहिलो पटक स्टेजमा ‘होस्टेल-ड्रिम्स’ फिल्मको गीत पनि गाए । उनको नृत्य र गायनमा हजारौं बुटवलबासीले साथ दिएका थिए ।
.jpg)
अनमोलको उक्त कार्यक्रममा १६-२५ वर्षका युवावर्गको भिड देखिएको थियो । विशेषगरि, यूवती फ्यानहरुले ‘अनमोल अनमोल’ भन्दै हुटिङ गरेका थिए । अनमोलले फ्यानहरुसँग प्रत्यक्ष रुपमा जोडिँन पाउँदा अत्यन्त खुसी महशुस गरेको बताए ।
अनमोललाई लिएर 'ए मेरो हजुर ३' बनाउन लागेकी अभिनेत्री झरना थापा पनि उक्त कार्यक्रममा उपस्थित भएकी थिइन् । नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने 'अनमोल इभ-२०१८' अब १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।

