बलिउड अभिनेता बबी देओलले कठिनाईबाट भरिएको समयमा कसैले पनि आफूसँग काम गर्न नचाहेको बताएका छन् । अहिले उनी 'रेस ३' पछि नयाँ फिल्मलाई लिएर चर्चामा छन् ।
फिल्मको नाम हो, 'यमला पगला दीवाना फिर से ।' उनी आफ्नो पछिल्लो रिलिज फिल्मको व्यावसायिक सफलताले एक नयाँ सुरुवात दिएको बताउँछन् ।
बबीले मिडियासँग कुरा गर्दै भने, 'रेस ३' पछि मैले आफ्नो आसपास र मसँग भेट्ने व्यक्तिमा एक सकारात्मकता महशुस गरेको छु । अब म यो उर्जालाई कायमै राख्नेछु ।'

'रेस ३' भन्दा पहिला मैले निकै व्यक्ति र ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीसँग भेटे । धेरैसँग काम मागें तर कसैले इच्छा देखाएनन्', उनले भने । अब आफ्नो काम सम्हाल्न एक टिम रहेको उनले बताएका छन् ।
बबीको नयाँ फिल्म 'यमला पगला दीवाना' अर्को हप्ता रिलिज हुँदैछ । 'यदी मेरो काम राम्रो भए मानिसहरु ध्यान दिन्छन्' उनले भने, 'फिल्म सफल र असफल त चलिरहन्छ तर, राम्रो कामको सधैं प्रशंसा हुन्छ । धन्य छु, अब यो भइरहेको छ ।'
बबी अब साजिद नाडियाडवालाको कमेडी फिल्मको चौथो पार्ट 'हाउसफुल ४' को छायांकनको तयारी गरिरहेका छन् । 'रेस ३' पछि उनको व्यस्तता विस्तारै बढ्दै गएको छ । अहिले उनी करिअरको नाजुक मोडमा छ ।

