Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

मेरो लागि रेखा थापा नै ‘मेघास्टार’ : अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2018/08/26
गएको महिना अभिनेत्री रेखा थापाले एक स्मारिकालाई अन्तर्वार्ता दिँदै सुपरस्टार अनमोल केसीलाई लक्षित गर्दै २/३ फिल्म हिट भएको भरमा नयाँलाई ‘मेघास्टार’ भनिनु गलत रहेको भन्दै मिडियाप्रति दुखेसो पोखेकी थिइन् । 
 
पन्ध्र वर्षदेखि 'ब्याक टू ब्याक' हिट फिल्म दिएपनि मिडियाले आफूलाई भने ‘मेघास्टार’ र ‘महानायिका’ भन्न डराएकोमा उनको चित्त दुखाई थियो । उनको यो अभिव्यक्तिले सिनेवृतमा ठूलै तरंग ल्यायो । 
 
आफूले आफ्नो लागि ट्याग खोजेको भन्दै उनको तीव्र आलोचना भयो । विवादले उग्र रुप लिएपछि अभिनेत्री थापाले फिल्म 'मालिका' को गीत सार्वजनिक कार्यक्रममा आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ को ट्याग नचाहिने स्पष्ट पारिन् । 
 
 
लगालग बक्सअफिसमा हिट फिल्म दिएपछि अहिले अभिनेता अनमोल केसीलाई दर्शकले ‘मेघास्टार’ भन्न थालेका छन् । आफूलाई ‘मेघास्टार’ भनिएकोप्रति रेखाको आपत्तिपूर्ण भनाईलाई लिएर उनीले कुनै प्रतिक्रिया जनाएनन् । 
 
हुनत, उनी आफ्नो बारे राम्रो हुन् वा नराम्रो कुनै कुराको टिप्पणी गर्दै हिँड्दैनन् । आफूलाई ‘मेघास्टार’ भनिएकोप्रति रेखाको रोइलोलाई पनि उनी सामान्य रुपमा लिन्छन् । 
 
शनिवार 'अनमोल इभ' का लागि बुटवल उड्दै गर्दा अनमोलले रेखाको अभिव्यक्तिको विषयमा आफ्नो गहकिलो तर्क राखे । 'टाइटल मागेर पाइने चिज होइन । टाइटल भनेको दर्शकले दिने कुरा हो । म त भर्खर आएको कलाकार हुँ । म आफूलाई स्टार सम्झिन्नँ', उनले भने । 
 
उनी अभिनेत्री रेखा थापा आफ्नो लागि 'रेक्सपेक्टेड आइडल' रहेको बताउँछन् । 'उहाँको नेपाली फिल्म क्षेत्रमा महत्वपूर्ण योगदान छ' अनमोलले थपे, 'मेरो लागि त उहाँ नै ‘मेघास्टार’ हो ।' उनी अहिले आफ्नो छैठौं प्रोजेक्ट ‘क्याप्टेन’ मा व्यस्त छन् ।
Most Visited News (monthly)