अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ को सेटबाट सलमान खान र कैटरीना कैफको फर्स्टलुक सार्वजनिक गरिएको छ । सलमान आफैंले यो आफ्नो भेरिफाइड इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका हुन् ।

तश्बिरमा सूट-बूट लगाएका सलमान जुँगामा देखिएका छन् र कैटरीना हरियो रंगको एम्ब्रोइडेड लहंगामा । दुईको तश्बिर निकै सुन्दर छ र यसले सोसल मिडियामा निकै राम्रो रेस्पोन्स पाइरहेको छ ।
इन्स्टाग्राममा शेयर गरेको १ घण्टामा ६ लाख बढीले सलमान-कैटरीनाको यो तश्बिरमा लाइक गरेका छन् । सलमानको फिल्म ‘भारत’ मा कैटरीना त्यो रोल गर्दैछिन् जुन प्रियंका चोपडाले गर्न इन्कार गरेकी थिइन् ।
वास्तवमा यो फिल्म पहिला प्रियंकाले साइन गरेकी थिइन् तर पछि निजी कारणले उनले यो फिल्म गर्न सकिनन् । यसपछि उनको ठाउँमा कैटरीना भित्रिएकी हुन् ।
सलमान र कैटरीनाको जोडी निकै पपुलर छ र यो जोडी जहिले पनि पर्दामा आएको छ तब फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ । फिल्मको फर्स्टलुक आएसँगै दर्शकलाई टीजर र ट्रेलरको प्रतिक्षा गर्नु अब मुश्किल हुने भएको छ ।

