रियल प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा हेर्ने दर्शकको रहर अब पूरा हुने भएको छ । गएको दुई वर्षदेखि एकअर्काको प्रेममा रमाइरहेका यो कपललाई लिएर निर्देशक सञ्जीव न्यौपानेले फिल्म बनाउन लागेका छन् ।
(1).jpg)
उत्कृष्ट कथा र भूमिका भेटेको खण्डमा सँगै काम गर्न तयार रहेको बताउँदै आएका सौगात-सृष्टिले फिल्म ‘मासु भात’ मा एकसाथ काम गर्न लागेका हुन् । दुवैले फिल्म साइन गरिसकेका छन् । हाल फिल्मको लोकेसन हन्टिङको काम भइरहेको छ ।
फिल्मीखबरसँगको कुराकानीमा निर्देशक न्यापानेले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको औपचारिक जानकारी दिए । उनले फिल्मको विषयमा अन्य जानकारी भने दिन चाहेनन् । फिल्मको केही दिनमा नै औपचारिक घोषणा गरिँदैछ ।
सौगातले यसअघि निर्देशक न्यौपानेको निर्देशनमा बनेको सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा निर्माण भएको फिल्म 'स्टोरी अफ अ तामाङ गर्ल' मा काम गरेका छन् । ‘मासु भात’ मा निर्देशक स्वयमको कथा छ ।
.jpg)
(अभिनेता सौगात मल्ल र निर्देशक सञ्जीव न्यौपाने)
हालै प्रदर्शनमा आएको फिल्म 'लालपूर्जा' मा पनि सौगात र सृष्टिले काम गरेका थिए । दुईको एकअर्कासँग कुनै दृश्य नभएपनि कथा भने उनीहरुकै वरिपरि घुमेको थियो । अब पहिलो पटक रियल लभ कपललाई दर्शकले एकसाथ स्क्रिन साझेदारी गरेको हेर्न पाउनेछन् ।

