Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तमिल फिल्म ‘कत्थी’ को रिमेकमा अक्षय

एजेन्सी, मुम्बई, 2018/08/25
‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’ फेम्ड निर्देशक सञ्जय लीला भंसालीले तमिल सुपरहिट फिल्म ‘कत्थी’ को हिन्दी रिमेकको राइट्स लिएका छन् । 
 
यो प्रोजेक्टमा लामो समयदेखि बलिउड अभिनेता अक्षय कुमारको नाम जोडिएको छ । खबरअनुसार, भंसाली पुनः एकपटक अक्षयसँग काम गर्दैछन् । 
 
 
उनले यो फिल्मको निर्माण मात्र गर्नेछन् । फिल्मको निर्देशन कसले गर्नेछन् अझैसम्म टुंगो लागेको छैन । ए आर मुरुगदासले उक्त फिल्म निर्देशन गर्न सक्ने सम्भावना प्रवल छ । 
 
अक्षयले यसअघि भंसालीको निर्माण रहेको सुपरहिट फिल्म 'राउडी राठौर' मा काम गरेका थिए, जुन तामिल फिल्म 'विक्रमारकुडू' को हिन्दी रिमेक थियो । 
 
सुपरस्टार विजयको मुख्य भूमिका रहेको ‘कत्थी’ वर्ष २०१४ मा आएको तमिल फिल्म हो । यसको कहानी किसानको जमिनमा कब्जा र उनीहरुको आत्महत्यामा आधारित थियो । यसमा विजयको डबल रोल छ । 
Most Visited News (monthly)