Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.23/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ पोस्टरमा अनमोलको खेलाडी अवतार

फिल्मीखबर, काठमाण्डौ, 2018/08/25
सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । 
 
जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् । 
 
जर्सीमा उनको नाम 'इशान' लेखिएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म 'क्याप्टेन' ले बोल्छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । 
 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उक्त फिल्म कात्तिक १६ गते प्रदर्शनमा आउन सक्ने प्रवल सम्भावना छ । भुवन केसीले निर्माण गरेको 'क्याप्टेन' मा यसपटक अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् । 
 
उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । ‘क्याप्टेन’ मा सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 
 
‘क्याप्टेन’ मा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् ।
 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि ‘क्याप्टेन’ मार्फत् पर्दामा देखिन लागेका अनमोलले पहिलो पटक फुटबल खेलाडीको भूमिका निर्वाहा गरेका कारण दर्शकमाझ यस फिल्मको व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ । सार्वजनिक पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ । 

 

Most Visited News (monthly)