Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूकम्पको कथामा ‘ब्ल्याक ईयर’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/08/24
‘तँ म र ऊ’ फेम्ड महिला निर्देशक लक्षु गौतमको निर्देशनमा फिल्म ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । योगेन्द्र पनेरुले निर्माण गर्ने यस फिल्मको छायांकन भाद्र १० गतेबाट सुरु हुँदैछ । 
 
फिल्मको प्रमुख भूमिकामा सुरेन्द्र बुढाथोकी र रश्मी शाह छन् । उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराईलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । 
 
 
भुकम्पले एउटा परिवारलाई पुर्‍याएको क्षतिबारे केन्द्रित रहेर फिल्म निर्माण हुने निर्देशक गौतमले बताइन् । उक्त फिल्मको छायांकन काठमाडौं र ललितपुरमा हुने बताइएको छ । रामेश्वर हुमागाँईले फिल्म खिच्नेछन् । 
 
फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त फिल्मको फ्लोरमा नजाँदै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । २०७६ बैशाख १२ गतेलाई ‘ब्ल्याक ईयर’ को प्रदर्शन मिति तय गरिएको छ । 
Most Visited News (monthly)