गएको दुई वर्ष अगाडि निर्देशक विकासराज आचार्यले फिल्म 'समर लभ' का लागि अभिनेत्री नभेटिएको कारण देखाउँदै फिल्म 'नीरान्जना' बनाउने घोेषणा गरेका थिए । तर, यो फिल्म अझैसम्म बन्न सकेको छैन ।
(1).jpg)
'नीरान्जना' निर्माण हुने वा नहुने भन्ने अन्यौल रहँदै गर्दा नीर र अन्जनाको कथा भने पर्दामा आएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नू ल-५’ मा अनुभव रेग्मी 'नीर' र सेड्रिना शर्मा 'अन्जना' को भूमिकामा छन् ।
फिल्मको मूल कथा नै यी दुईको वरिपरि घुमेको छ । अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका नव-बाल कलाकार सेड्रिनाले निभाएकी छन् भने नव-अभिनेता अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् ।
(1).jpg)
लोकेसन, संवाद, छायांकन र कलाकारको अभिनय फिल्ममा उम्दा छ । शुक्रवार राजधानीको बिग मुभिजमा फिल्मकोे विशेष शो राखिएको थियो । जहाँ ‘नाइँ नभन्नू ल’ सिरिजसँग जोडिएका कलाकारदेखि विभिन्न चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो ।
बर्षा राउत, दीपाश्री निरौला, सरोज खनाललगायतका चलचित्रकर्मीले फिल्म हेरेपछि ‘नाइँ नभन्नू ल-५’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । विशेष शोमा सहभागी अधिकांश आँखाको आँसु पुछ्दै हलबाट बाहिरिएका थिए । त्यो भिडमा अभिनेत्री द्वय बर्षा राउत र प्रियंका कार्की पनि थिए ।
.jpg)
फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी सेड्रिनाको सुन्दरता र अभिनयको अधिकांशले तारिफ गरेका छन् । अभिनेता खनालले त उनलाई भविष्यको 'सुपरस्टार' नै भनिदिए । डेब्यु फिल्म भएपनि उनले उत्कृष्ट काम पस्किएकी छन् ।
फिल्ममा आमा-छोरीको प्रेमलाई पनि मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ । उक्त फिल्ममा अभिनेत्री निरुता सिंहको रोल थोरै भएपनि यादगार छ । उनले अनुभवकी आमाको भूमिका निर्वाहा गरेकी छन् ।
(1).jpg)
स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलगायतका कलाकार पनि आ-आफ्नो भूमिकामा फिट छन् । पहिलो हाफ औसत रहेको फिल्मको दोस्रो हाफ बलियो बनेको छ । २ घण्टा १० मिनेटको ‘नाइँ नभन्नू ल-५’ हलमा दर्शकलाई बाँधेर राख्न सफल छ ।
छायाँकार पुरुषोत्तम प्रधानले फेरि एकपटक आफ्नो उत्कृष्ट काम देखाएका छन् । स्क्रिप्ट राईटर सामिप्यराज तिमल्निाको लेखन परिपक्क छ । उनले यो फिल्मको कथा निर्देशक आचार्यसँग मिलेर तयार पारेका हुन् । इलामको सौन्दर्यले आँखालाई शित्तलता प्रदान गर्छ ।
.jpg)
गीतसंगीतले राम्रो हाइप बनाएको ‘नाइँ नभन्नू ल-५’ को शुक्रवार बिहानीको अकुपेन्सी ५० प्रतिशतको आसपास छ । दिउँसोबाट हलमा दर्शकको फ्लो बढेको छ । लगातार परेको सार्वजनिक विदाका कारण उक्त फिल्मको व्यापार आक्रामक हुने आँकलन गरिएको छ ।

