Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘पंगा’ मा कबड्डी खेलाडी बन्दै कंगना

एजेन्सी, मुम्बई, 2018/08/24
‘क्विन’ बनेर दर्शकको दिलमा आफ्नोमा स्थान बनाएकी अभिनेत्री कंगना रनौत अब कबड्डी खेल्दै देखिने भएकी छन् । बलिउडका चर्चित निर्देशक अश्विनी अय्यर तिवारी फिल्म ‘पंगा’ लिएर आउँदैछन् । 
 
यसमा अभिनेत्री कंगना एक राष्ट्रीय स्तरको कबड्डी खेलाडीको भूमिकामा देखिनेछिन् । तिवारीले हालै आफ्नो फिल्मको बारे ट्विट गर्दै जानकारी दिए ।  
 
 
यसमा पंजाबी गायक-अभिनेता जसी गिल र अभिनेत्री नीना गुप्ताको पनि प्रमुख भूमिका रहनेछ । यो फिल्म परिवारको महत्वमाथि आधारित हुनेछ । 
 
निर्देशक अश्विनी भन्छन्, 'मेरो उपस्थिति वास्तविक रुपमा मेरा आफ्ना निकट व्यक्तिको मप्रतिको विश्वासको प्रतिबिम्ब हो । कंगना रनौत, जस्सी गिल, नीना गुप्तासँग ‘पंगा’ प्रस्तुत । फक्स स्टार हिन्दी द्वारा निर्मित । वर्ष २०१९ मा सिनेमा घरमा ।'  
 
कंगना कबड्डी खेलाडीको भूमिकालाई लिएर उत्साहित छिन् । ‘पंगा’ मेरो लागि दुई गुणा खास छ किनकी म राष्ट्रीय स्तरको कबड्डी खिलाडीको भूमिकामा देखिनेछु । यो निश्चित रूपमा चुनौतीपूर्ण हुनेछ’ , उनले भनिन् । 
Most Visited News (monthly)