Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामकहानी’ को गीतमा रोमान्टिक बने पूजा र आकाश

फिल्मीखबर, काठमाण्डौ, 2018/08/23
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘रामकहानी’ को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले 'आएँ म तिम्रो छेउ...' बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो । 
 
 
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले स्वर दिएका छन् । गीतले प्रेमभाव बोल्छ । लिरिकल भिडियोमा आकाश र पूजाको रोमान्टिक चल र अचल दृश्यहरु समावेश छन् । 
 
रोमान्टिक कमेडी फिल्म 'रामकहानी' लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । 'प्रेमगीत', 'मेरो एउटा साथी छ', 'म यस्तो गीत गाउँछु' जस्ता दर्शकको नजरमा उत्कृष्ट ठहरिएका फिल्म दिएका उनको यो फिल्ममाथि पनि दर्शकको ठूलो आश छ । 
 
ट्रेलर र गीतसंगीतले फिल्मको हाइप चुल्याउँदै गर्दा बक्सअफिस नतिजालाई लिएर पूर्वअनुमान पनि लगाउन सुरु भएको छ । मल्टिस्टारर यस फिल्मको इनिसियल व्यापार आक्रामक हुने फिल्मी पण्डितहरुको आँकलन छ । चाँडै यसको निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदैछ । 
 
केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा निर्देशक थापा स्वयमले लेखेका हुन् । भाद्र २२ गतेलाई फिल्मको रिलिज डेट लक गरिएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)