Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘गोजीमा दाम छैन’ ले बढायो ‘चङ्गा चेट’ को हाइप

फिल्मीखबर, काठमाण्डौ, 2018/08/23
गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 'नाई नभन्नु ल' का संस्करणदेखि 'छक्का पन्जा' सिरिज पछिल्ला उदाहरण हुन् । 
 
अहिले नेपाली फिल्ममा लोक गीतको ट्रेन्ड चलेको छ । साना ब्यानरका हुन् वा ठूला प्रायः फिल्ममा एउटा गीत लोक लयको छुट्दैन । यसले फिल्मप्रति दर्शकलाई आकर्षित गर्न सजिलो हुने सोच निर्माताहरुमा छ । 
 
 
यस्तैमा केही दिन अगाडि फिल्म ‘चङ्गा चेट’ मा समावेश लोक फ्लेवरको ‘गोजीमा दाम छैन...’ गीत सार्वजनिक भयो । यो गीत अहिले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ प्रसिद्ध हुँदै गएको छ । युवा पुस्ताको यथार्थ समस्या बोलेको गीतलाई साढे ६ लाख बढीले यूट्युबमा हेरिसकेका छन् । 
 
उक्त गीत अहिले म्युजिकल्लीमा पनि उतिक्कै हिट छ । फिल्मकी निर्मात्री शर्मिला पाण्डेका अनुसार, म्युजिकल्लीमा ४ हजार बढीले गीतमाथि टिक टक बनाएका छन् । उनी गीतलाई दर्शकले रुचाएकोमा गदगद देखिएकी छन् । 
 
उता ‘चङ्गा चेट’ निर्देशक दीपेन्द्र के. खनाल गीतले फिल्मको हाइप बढेकोमा दङ्ग छन् । 'चरी चट्ट परी', 'टाकान टुकुन', 'सुर्के थैली खै ?' लगायतका सर्वाधिक हिट गीत दिएका गायक तथा संगीतकार राजनराज सिवाकोटीले फेरि दर्शकलाई अर्को उत्कृष्ट गीत पस्केका छन् । 
 
गीत हेर्नुहोस् :-
 
‘गोजीमा दाम छैन...’ मा उनको स्वरसँगै संगीत छ । उनलाई गायनमा मेलिना राई र ग्रिस्मा सिवाकोटीले साथ दिएका छन् । हरिहर तिमल्सिनाले गीतका शब्द लेखेका हुन् । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री र परमिता आरएल राणा फिचर्ड छन् । 
 
कात्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘चङ्गा चेट’ को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । माधव वाग्ले निर्मित यो फिल्ममा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको फिल्मको सम्पादन दिर्घ खड्काले गरेका छन् । 
Most Visited News (monthly)