Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘रामकहानी’ मा जितु भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2018/08/23
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘रामकहानी’ यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतसंगीत र ट्रेलरका कारण प्रतिक्षीत बनेको यस फिल्ममा चर्चित हास्यकलाकारहरुको पनि बाहुल्यता छ । 
 
केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायतका हास्यकलाकारहरुको प्रमुख भूमिका रहेका कारण दर्शकमाझ यो फिल्म थप विशेष बनेको छ । अहिले फिल्मको पूरा टिम प्रचारमा व्यस्त छ । 
 
उक्त फिल्म कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार हुने कुरा फ्लोरमा जाँदै गर्दा अनुमान गरिएको थियो । तर, ट्रेलरमा अर्को जनरा पनि मिसिएर आयो । अभिनेत्री पूजा शर्माको भूत अवतारले फिल्ममा हररको पनि समिश्रण रहेको रहस्य खुलेको थियो । 
 
 
ट्रेलरमा खुलाइएको अभिनेत्री पूजाको रोमान्टिक र भूत अवतार बाहेक निर्माण टिमले अन्य पात्रको भूमिकालाई सस्पेन्स नै राखेको छ । तर, फिल्मका लिड कलाकार जितु नेपालले भने आफ्नो भूमिकाको विषयमा मौनता तोडेका छन् । 
 
हालै सन्दिप क्षेत्रीको 'वाट्स द फ्लप' शोमा अतिथी भएर गएका उनले ‘रामकहानी’ मा आफू पहिलो पटक भिलेनको भूमिकामा रहेको बताएका छन् । ट्रेलर, गीत र पोस्टरमा देखिएको उनको फरक गेटअपले पनि भिलेनको संकेत भने दिएको थियो । 
 
पूजाको भूत अवतारले दर्शकलाई सरप्राइज बनाइरहँदा जितुले आफ्नो भूमिका खुलाएपछि अझै फिल्मप्रतिको कौतुहलता बढाएको छ । होचा कदका उनलाई पहिलो पटक भिलेनको भूमिकामा हेर्न दर्शकलाई निकै रोचक हुनेछ । 
 
‘रामकहानी’ को लेखन तथा निर्देशन सुदर्शन थापा आफैंले गरेका हुन् । सौरभ लामाले खिचेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।
Most Visited News (monthly)