Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रेनी’ को वियोगान्त गीतमा मेलिनाको स्वर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/22
भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को वियोगान्त गीत रिलिज भएको छ । 'माया यो कस्तो माया...' बोलको गीतमा गायिका मेलिना राईको स्वर छ । 
 
 
विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको गीतले वियोग बोल्छ । फिल्मका लिड कलाकार दीपक ढकाल र सनम मल्ल भिडियोमा फिचर्ड छन् । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । 
 
फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् । 
 
फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नव-अभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको बताउँछिन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)