Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्र‍ियंका-निकको इन्गेजमेन्ट केकमा २४ ‘क्यारेट’ सुन

एजेन्सी, मुम्बई, 2018/08/22
इन्टरनेशनल स्टार प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट बी-टाउनमा केही दिनयता खुब चर्चामा छ । यो इन्गेजमेन्ट इभेन्टमा सबैभन्दा बढी न‍िक जोनस र उनको फेमिलीको घरेलू अन्दाजको चर्चा भइरहेको छ । 
 
इन्गेजमेन्टपछि न‍िक अमेरिका फर्किसकेका छन्, तर १८ अगस्टमा भएको सेल‍िब्रेसनको चर्चा अहिलेसम्म पनि उस्तै छ । प्रियंका-निकको इन्गेजमेन्ट सेलिब्रेसनमा आएको केक पनि निकै खास थियो । 
 
खबरअनुसार, विशेष तरिकाबाट बनाइएको क्रिमी केकमा २४ क्यारेट गोल्ड प्रयोग गरिएको छ । केकलाई मुम्बईको चर्चित पेस्ट्री शप 'टियर नोम पटिस्सेरी' बाट बनाइएको थियो । ३ स्टोरी केकको तौल १५ किलो थियो । 
 
 
केकलाई आकर्षक बनाउनका लागि २४ क्यारेट गोल्डको पत्ताबाट सजाइएको थियो । बटर क्रिम केकलाई प‍िंक 'सिम्बिडियम ओर्चिडस्' फूलबाट सजाइएको थियो । अहिले प्र‍ियंकाको इन्गेजमेन्ट केकको डिजाइन सोसल मिडियामा खुब भाइरल भएको छ ।  
प्रियंका चोपडाको इन्गेजमेन्टपछि उनको विवाहको सबैलाई प्रतिक्षा भइरहेको छ । खबरअनुसार, न‍िक जोनसले आफ्नो म्यूज‍िकल टुर सकेपछि र प्रियंकाले आफ्नो बाँकी फिल्मको छायांकन सकेपछि विवाहलाई लिएर प्लान गर्नेछन् ।  
 
प्र‍ियंकाले न‍िक जोनसको जन्मदिनमा विवाहको डेट घोषणा गर्न सक्नेछिन् । न‍िकको 'बर्थ डे' १६ सेप्टेम्बरमा छ । प्रियंका आफ्ना प्रेमीभन्दा ११ वर्ष जेठी छन् । उनले १९ वर्षको उमेरमा मिस वल्डको उपाधि जित्दा निक ८ वर्षका थिए । 
Most Visited News (monthly)