Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

निकिता र पूजाको तिक्तता मेटियो

फिल्मीखबर, काठमाण्डौ, 2018/08/22
आफ्नो फिल्म 'रामकहानी' सँग भाद्र २२ मा फिल्म 'रोज' भिड्न आएपछि अभिनेत्री पूजा शर्माले त्यसको 'रिस' चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि खन्याइन् । 'रोज', 'रामकहानी' सँग भिड्नुको पछाडि निकिताको 'मास्टर प्लान' रहेको उनको दाबी थियो । 
 
उनले 'रामकहानी' सँग भिड्न निकिताले बनाएको प्लानको प्रमाण रहेको समेत बताएकी थिइन् । पूजाले बोर्ड अध्यक्षको सोचप्रति पनि आपत्ति जनाएकी थिइन् । 
 
 
‘महिलाकै फिल्मसँग जुधाएर कुन विकासका लागि लड्दै हुनुहुन्छ ?’ निकितालाई लक्षित गरेर उनले फेसबुकमा स्टाटस लेखेकी थिइन् । तर, यो स्टाटसले उल्टै पूजाकै चर्को आलोचना भयो । 'रोज' सँग डराएर उनले स्टाटस लेखेको धेरै तर्क थियो । 
 
पूजाले आफू महिला भएका कारण आफ्नो फिल्म सोलो रिलिजमा आउनु पर्ने स्टाटसमार्फत् आशय व्यक्त गरेकी थिइन् । 'रोज' लाई बोर्ड अध्यक्ष निकिताका भाई नीरक पौडेलले निर्देशन गरेका हुन् । उक्त फिल्ममा 'प्रेमगीत' पछि अलगिएका अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका छ । 
 
निकितामाथि खनिएको पूजाको फेसबुक स्टाटसले सिनेवृतमा ठूलै हलचल ल्याएको थियो । स्टाटसपछि पूजा र निकिताको सम्बन्ध 'वारपार' भएको धेरैले आँकलन गरेका थिए । अन्ततः त्यो गलत साबित भएको छ । 
 
 
(निकितासँग भेट गरेपछिको पूजाको स्टाटस)
 
मंगलवार बोर्ड अध्यक्ष निकिता पौडेल र अभिनेत्री पूजा शर्माबीच शिष्टचार भेट भएको छ । राजधानीको एक रेस्टुराँमा बसेर दुवैले सबै असमझदारी मेटाएका छन् । उनीहरुलाई भेटाउन कलाकार अनुराग कुँवरले सहजकर्ताको भूमिका खेलेका थिए । 
 
 
(निकितामाथि खनिएको पूजाको स्टाटस)
 
पूजाले निकितासँगको भेटको तश्बिर फेसबुकमा शेयर गर्दै आफूले भावनामा आएर उक्त स्टाटस लेखेको स्विकार गरेकी छन् । उनले लेखेकी छन्, ‘निकिता दिदीप्रति झन् सम्मान बढ्यो ।’ उनले आफूहरु बीचको तिक्तता मेटिएको पनि स्टाटसमार्फत् स्पष्ट पारेकी छन् । 
Most Visited News (monthly)