Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.50/5.00)
Text size:-
+
-

हल थप्दै ‘मिस्टर भर्जिन’

फिल्मीखबर, काठमाण्डौ, 2018/08/21
गत शुक्रवार चार फिल्म ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’, ‘जय शम्भु’ र ‘बाह्र मासे’ एकसाथ प्रदर्शनमा आए । चार फिल्म प्रदर्शनमा आउँदा दर्शक बाँडिए । कुनैपनि फिल्मको इनिसियल व्यापार आक्रामक हुन सकेन । 
 
‘बाह्र मासे’ त धेरै हलबाट नै उत्रिसकेको छ भने अन्य तीन फिल्मले धेरथोर दर्शक पाइरहेका छन् । यस्तैमा, यौन मनोविज्ञानमा आधारित फिल्म 'मिस्टर भर्जिन' को प्रारम्भिक व्यापार ‘सुखद’ भएपछि थप २३ हल थपिएको छ । 
 
दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण फिल्मको हल संख्या बढ्दै गएको निर्माता खिलेन्द्र तिमल्सिनाले बताए । राजधानीका मल्टिप्लेक्समा पनि फिल्मको शोज थपिरहेको उनी बताउँछन् । 
 
 
फिल्मले राम्रो प्रतिक्रिया पाएका कारण आगामी दिनमा हल संख्यासँगै दर्शकको फ्लो पनि बढ्दै जानेमा निर्देशक बिशारद बस्नेत विश्वस्त देखिएका छन् । प्रायः दर्शकले धेरैपछि फरक विषयवस्तुको रमाइलो फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् । 
 
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको 'मिस्टर भर्जिन' मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका  रहेको छ । 
 
फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।
Most Visited News (monthly)