Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा हुँदै ‘नेम्पा अवार्ड’, जाँदैछन् रेखादेखि अनमोलसम्म

फिल्मीखबर, काठमाण्डौ, 2018/08/21
अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिका हुन लागेको 'नेपाली राष्ट्रिय सम्मेलन २०१८' मा नेपाल चलचित्र संघको संयोजकत्वमा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ । 
 
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र संघले नेपाली फिल्मको विकास र विस्तारका लागि अमेरिकामा ‘नेम्पा पपलुर अवार्ड’ गर्न लागेको जनाएको छ । संघका अध्यक्ष प्रदीप कुमार उदयका अनुसार, अवार्डमा सहभागी हुन २५ जना कलाकार नेपालबाट अमेरिका जानेछन् । 
 
पपुलुर फिल्म, निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, संगीतकार, हाँस्य कलाकार, गायक, गायिका, नव-निर्देशक, नव-नायक विधामा अवार्ड बाँडिनेछ भने दशकको नायक, दशककी नायिका र लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ ।
 
 
(अवार्डबारे जानकारी दिँदै नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय)
 
नीर शाह, भूवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दिपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी, अर्जुन पोखरेल, निता ढुंगाना, जितु नेपाल, केदार घिमिरेलगायतको टोली अमेरिका पुग्ने संघले बताएको छ । 
 
अवार्डको तयारी पूरा भएको र आफूहरु यसै साता सो अवार्डमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने अध्यक्ष उदयले पत्रकार भेटघाटमा जानकारी गराए । अवार्ड समारोहमा ४ हजारभन्दा बढी नेपालीहरुको उपस्थिति हुने अनुमान गरिएको छ । 
 
अवार्डमा सहकार्य गर्न तयार भएको अमेरिकास्थित नेपाली कम्पनी नयाँ परेकाले अमेरिकी दुतावासले सम्बन्धित कलाकार तथा प्राविधिकलाई भिषा नदिएका कारण गत वर्ष घोषणा गरिएको उक्त अवार्ड रद्द भएको थियो । 
Most Visited News (monthly)