Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वाग्ले भन्छन्, ‘फिल्ममा जस्तै चङ्गा चेट भयो मेरो जिन्दगी’

फिल्मीखबर, काठमाण्डौ, 2018/08/20
गएको जेठमा नेपाली नक्कली नोट सहित फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका थिए । आफू निर्मित फिल्म ‘चङ्गा चेट’ का लागि छापिएको नक्कली नोटका कारण उनले झण्डै २ महिना जेल जीवन विताए । 
 
२५ लाख धरौटी तिरेर हालै बाहिर आएका उनले नक्कली नोट प्रकरणको विषयमा मुख खोलेका छन् । सोमवार फिल्म ‘चङ्गा चेट’ को गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफूले नियतबस् नक्कली पैसा नछापेको बताए । 
 
 
'नक्कली भनिएको पैसा फिल्मका लागि प्रयोग गरिएको प्रप्स हो । त्यो बाग बजारमा खुल्लेआम पाइन्छ' वाग्लेले भने, 'यसअघि पनि धेरै फिल्ममा त्यो प्रयोग गरिएको छ ।' निर्माता वाग्लेले प्रप्स प्रयोगका लागि चलचित्र विकास बोर्डबाट इजाजत लिएको पनि बताए । 
उनी भन्छन्, 'मैले जहाँबाट इजाजत दिनु पर्ने थियो त्यो लिएर नै प्रप्स प्रयोग गरेको हुँ । विकास बोर्डबाट इजाजत लिएपछि अरु कुनै पनि ठाउँबाट अनुमती लिनु नपर्ने बोर्डको नियमावलीमा उल्लेख छ । तर अन्तिममा मेरै चङ्गा चेट भयो ।' उनले मिडियाले आफ्नो बारे नबुझि समाचार सम्प्रेसण गरेकोमा पनि दुखेसो पोखे । 
 
वाग्लेले आफू निर्मित फिल्म ‘चङ्गा चेट’ को कथा आफ्नो रियल जीवनसँग मिल्ने पनि बताए । 'फिल्ममा नक्कली पैसा भनेर देखाइएको छ र मेरो पनि नक्कली पैसाको केसमा न्यायलयमा मुद्धा चलिरहेको छ', उनले भने । 
 
 
‘नक्कली नोटका कारण कसरी मानिसको जिन्दगी चङ्गा चेट हुन्छ भन्ने बिषयमा फिल्म बनाएँ’ उनले भने, ‘अहिले मेरो जीवन पनि यहीसँग मिल्न गयो ।’ 
 
उनले हाल अदालतमा मुद्धा चलिरहेको बताउँदै 'न्याय' पाउनेमा विश्वास व्यक्त गरे । निर्माता वाग्लेलाई प्रहरीले दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ गरेको थियो ।