Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

ब्ल्याक ड्रेसमा 'कुल' आँचल (५ तश्बिर)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/20
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘ब्ल्याक’ का कारण अभिनेत्री आँचल शर्मा अहिले चर्चामा छिन् । घरेलू बजारमा सुखद व्यापार गरिरहेको यो फिल्ममा उनको जोडी अभिनेता आकाश श्रेष्ठसँग बाँधिएको छ । 
 
 
पहिलो पटक उनले अभिनेता पल शाहको छायाँ समेत नपरेको फिल्ममा काम गरेकी हुन् । डेब्यु फिल्म 'नाईं नभन्नू ल ४' देखि तेस्रो फिल्म 'शत्रु गते' सम्म आइपुग्दा उनको जोडी पल थिए । 
 
 
म्यूजिक भिडियोदेखि लगातार फिल्म पनि सँगै गर्दा मिडियादेखि चिया पसलसम्म यी दुईको अफेयरको चर्चा छ । तर दुवैले एकअर्कालाई साथी बताउँछन् । आइतवार आँचलले आफू अभिनीत फिल्म ‘ब्ल्याक’ देखाउन पललाई लिएर कुमारी हल पुगेकी थिइन् । 
 
 
पलले फिल्म हेरेर निस्कँदै गर्दा आँचल र आकाशको जोडी सुहाएको बताए । उनले फिल्म राम्रो बनेको भन्दै दर्शकलाई हेर्न पनि आग्रह गरे । उता अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठ ‘ब्ल्याक’  हेर्ने दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको भन्दै दंग देखिएका छन् । 
 
 
प्रदर्शनको दिन राजधानीको कुमारी हलमा फिल्मको प्रेस शो राखिएको थियो । जहाँ आँचल फिल्मको नाम झैं ब्ल्याक ड्रेसमा पुगेकी थिइन् । कालो पहिरनमा कुल देखिएकी उनी फिल्मलाई लिएर उत्साहित देखिएकी थिइन् । 
 
 
युवा पुस्तामाझ राम्रो फ्यान फलोइंग बनाएकी आँचल शनिवार दिउँसो ‘ब्ल्याक’ को फिडब्याक बुझ्न राजधानीका केही हल पुग्दा सेल्फी लिनका लागि दर्शकबीच नै तछाडमछाड चलेको थियो । उनी फिल्मले बक्सअफिसमा सफलताको झन्डा फहराउनेमा विश्वस्त छिन् । 
 
फोटोग्राफर : विवेक बस्याल 
Most Visited News (monthly)