बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग शनिवार इन्गेजमेन्ट गर्दै आफ्नो रिलेसनको अफिसियल एनाउन्समेन्ट गरेकी छन् । इन्गेजमेन्टका केही सुन्दर तश्बिरहरु शेयर गर्दै उनले आफ्ना फ्यानलाई गूड न्यूज दिएकी थिइन् ।
निक र प्रियंकाको जोडी फ्यानका लागि निकै खास छ । प्रियंका उमेरले आफ्ना प्रेमीभन्दा ११ वर्षले ठूली छिन् । प्रियंका अहिले ३५ वर्षकी भईन् भने निक २५ वर्षका भएका छन् । यस्तैमा सोसल मिडियमा यी दुईको एक तश्बिर यतिबेला खुब भाइरल भएको छ ।
.jpg)
जब प्रियंकाले वर्ष २००० मा मिस वर्ल्डको उपाधि जितेकी थिइन् त्यसबेला निक जोनास कस्ता देखिन्थे ? एक तश्बिरमा मिस वर्ल्डको उपाधि जितेपछि प्रियंकाको तश्बिर र अर्को तिर निक जोनासको वर्ष २००० मा खिचिएको एक तश्बिर लगाइएको छ । तश्बिरमा निक स्कूल ब्वाई देखिएका छन् ।
वर्ष २००० मा निक जोनस मात्र ८ वर्षका थिए । यस्तै, प्रियंका १९ वर्षकी थिइन् । प्रियंका र निकको उमेरबीचको दूरी फ्यानका बीच चर्चामा रहेको छ तर यो जोडीले उमेरको दूरीलाई किनारा लगाएर समाजमा प्रेमलाई लिएर सकारात्मक सन्देश दिएका छन् ।
कसरी भएको थियो प्रियंका र निकको भेट ?
रिपोर्टसका अनुसार, प्रियंका चोपडाको निक जोनाससँग भेट आफ्नो शो ‘क्वान्टिको’ को सेटमा भएको थियो । एक कमन फ्रेन्डले उनीहरुलाई इन्ट्रोड्यूस गराएका थिए ।
गएको वर्ष पहिलो पटक यी दुई मेट गाला इभेन्टको रेड कार्पेटमा सँगै देखिएका थिए । त्यहाँ यी दुईको तर्फ अटेन्सन यसकारण पनि गयो कि किनकी, पहिलो पटक दुवै हातमा हात बाँधेर देखिएका थिए ।

अचानक केही समय अगाडि प्रियंका र निक जब डेट गर्न एक रेस्टुरेन्टमा गएका थिए त्यसबेला दुवैको एक तश्बिर बाहिर आएको थियो । यसपछि यी दुई अफेयरमा रहेको खबर आएको हो । यसको केही दिनमा निकले प्रियंकालाई आफ्नो फेमिलीसँग भेट गराएका थिए ।
निकलाई पनि आफ्नो फेमिलीसँग भेट गराउनका लागि प्रियंकाले उनलाई भारत लिएर आएकी थिइन् । त्यसबेला निकले उनको फेमिलीसँग डिनर गरेका थिए । साथै, परिणीति चोपडा र आलिया भट्ट जस्ता विशेष व्यक्ति पनि निकलाई भेट्न पुगेका थिए ।

