भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोनी' गर्ल सनम मल्लले आइतवार आफ्नो जन्मदिन मनाएकी छन् । राजधानीमा एक कार्यक्रमका बीच उनले बर्थ डे केक काटिन् ।
उनलाई जन्मदिनको शुभकामना दिन आफन्तदेखि फिल्मका अभिनेता दीपक ढकाल पुगेका थिए । 'रेनी' बाट अभिनय यात्राको थालनी गरेकी समनले बर्थ डे केक काटेपनि उमेर भने खुलाउन चाहिनन् ।
उनी जन्मदिन मनाउँदै गर्दा डेब्यु फिल्मलाई लिएर उत्साहित देखिएकी थिइन् । समन भन्छिन्, 'फिल्म क्षेत्रमा नै केही गर्ने अठोट छ । सबैको साथ र सहयोगको अपेक्षा राखेकी छु ।' उनी 'रेनी' लाई दर्शकले रुचाउनेमा पनि विश्वस्त सुनिइन् ।
सनम फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत हुन् । उनी ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको बताउँछिन् ।
बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको उक्त फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साललगायतका कलाकारहरुको पनि अभिनय छ ।

