Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शक भेट्न आठ सहर पुग्दै प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2018/08/20
‘रोजी’ बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाएको छ । म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेसँगै अब निर्माण टिम देश दौडाहा निस्कने भएको छ । 
 
अभिनेता प्रदीप खड्काको लिड रहेको फिल्मको टुर देशका प्रमुख आठ सहरमा हुने निर्देशक नीरक पौडेलले जानकारी दिए । टुरमा पत्रकार सम्मेलन र सांगीतिक कन्सर्ट हुनेछन् ।
 
 
मोफसलको ठूलो फिल्म बजार पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।
 
१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट हुने जनाइयो । अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास क्रेजलाई टुरले आत्मसात गर्ने अपेक्षा गरिएको छ ।
 
भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म निर्माणमा गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले साझेदार गरेका छन् । परमिता आरएल राणा, मिरुना मगर, कर्मा शाक्यलागयतका कलाकारहरुको पनि उक्त फिल्ममा अभिनय छ । 
Most Visited News (monthly)