Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामकहानी’ ले सुरु गर्‍यो सिग्नेचर क्याम्पियन

फिल्मीखबर, काठमाण्डौ, 2018/08/19
दर्शकलाई फिल्मप्रति आकर्षित गर्न फिल्ममेकर अनेकन उपाय अपनाउँछन् । भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘रामकहानी’ ले पनि यतिबेला प्रचारका लागि विभिन्न उपाय सोचिरहेको छ । 
 
 
काठमाण्डौका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन चलाए लगत्तै अब यसको निर्माणपक्षले सिग्नेचर क्याम्पियन सुरु गरेको छ । काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही यूवाहरुले यो क्याम्पियन गरेका छन् । 
 
विशेषगरि, ‘रामकहानी’को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका यूवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए ।
 
 
४ जनाको टिसर्टमा मानिसहरुले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए । सो अवसरमा उनीहरुले हस्ताक्षर गर्नेहरुलाई फिल्मको बारेमा जानकारी पनि दिएका थिए ।
 
४ जनामध्ये सर्वाधिक कसले धेरै फिल्मको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा चलेको थियो । यो आइडिया फिल्मकै प्रचार संयोजक जितेन्द्र खतिवडाको हो । प्रेम र कमेडीको यो फिल्मलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । 
 
 
सुदर्शन थापाको निर्देशनमा तयार भएको उक्त फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । 
Most Visited News (monthly)