Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निकलाई पागल जसरी प्रेम गर्छिन् प्रियंका : परि‍णीति

एजेन्सी, मुम्बई, 2018/08/19
देसी गर्ल प्र‍ियंका चोपडाले विदेशी ब्वाईफ्रेण्ड न‍िक जोनससँग शनिवार इन्गेजमेन्ट गरेकी छन् । सो इभेन्टमा बलिउडका चर्चित सेलेब्सलाई निम्तो दिइएको थियो । 
 
इन्गेजमेन्ट सेरेमनीमा उपस्थित भएकी उनकी बहिनी परिणीति चोपडाले प्रियंका र निकका लागि एक इमोसनल पोस्ट लेखेर बधाई दिएकी छन् । उनले आफ्नो पोस्टमा प्रियंकासँग विताएको बाल्यकालको याद शेयर गरेकी छन् । 
 
 
यसका अलावा परि‍णीतिले आफ्नो म्यासेजमा प्रियंका र निकको सम्बन्धको गहिराइको पनि बयान गरेकी छन् । परिणीति लेख्छिन्, 'आज मैले म्याजिक र फेरीटेली स्टोरीको महशुस गरेँ । मलाई याद छ जब हामी बच्चा थियौं 'घर-घर' खेल्ने गर्दथ्यौं ।' 
 
'हामी लजालु दुलही बन्थ्यौं, हाम्रो नक्कली बच्चा हुन्थ्यो र हामी पतिहरुलाई चिया सर्व गर्दथ्यौं । यस्तो यसकारण कि हामीलाई सधैं प्रेमको जादूमा भरोसा थियो र हामीलाई एकदिन आफ्नो लागि परफेक्ट व्यक्ति मिल्नेछ भन्ने विश्वास थियो', उनले लेखेकी छन् । 
 
'आज केही पनि नक्कली छैन । म उनका लागि योभन्दा परफेक्ट व्यक्तिको बारे सोच्न सक्दिनँ' उनी लेख्छिन्, 'मैले बिहान भनेको थिए, व्यक्तिलाई जज गर्ने दुई तरिका हुन्छ । एक ऊसँग ट्राभल गर्नुस् र अर्को ऊसँग खान खानुहोस् । मैले निकसँग दुवै काम गरेँ । म जान्दछु कि निक परफेक्ट छन् ।' 
 
 

Today I witnessed magic and a fairytale ... When we were kids, mimi didi and I used to play “ghar ghar”. We would pretend to be shy brides, have imaginary children, and serve tea to our husbands! 🙈🙈 cheesy, but its because we always believed in the magic of love and hoped we would both find that perfect man for us one day!! Today there was no pretending. I cant think of a more a perfect man for her. Like I said this morning, there are two ways of judging a human being. One - travel with them, and two, eat with them. Nick, I have done both with you. And so I know you’re perfect for her!! Love her, because she loves you like mad! Protect her, because shes strong, but a soft soul inside. I love you both and wish you all the happiness forever!!!!! HAPPY ROKA AND FUTURE WEDDING!! 💍💑@priyankachopra @nickjonas

A post shared by Parineeti Chopra (@parineetichopra) on

परि‍णीतिले निकलाई प्रियंकाले पागल जसरी प्रेम गर्ने पनि बताएकी छन् । उनले अगाडि लेखेकी छन्, 'निक उसको हिफाजत गर्नु किनकी ऊ बाहिरबाट बलियो भएपनि भित्र सफ्ट छ । म तिमीहरु दुवैलाई औधि प्रेम गर्छु र शुभकामना दिन्छु । इन्गेजमेन्टको शुभकामना र चाँडै हुन लागेको विवाहका लागि पनि ।' 
 
प्रियंका चोपडा चाँडै निक जोनससँग विवाह गर्दैछिन् । सुत्रका अनुसार, प्रियंका यस वर्षको अक्टोबरमा विवाह बन्धनमा बाँधिन सक्नेछिन् । प्रियंकाले यस वर्ष आफ्नो बर्थडेमा निकसँग सिक्रेट इन्गेजमेन्ट गरेकी थिइन् । 
Most Visited News (monthly)