Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाँध मायाले’ लाई विदेशमा भ्याइ–नभ्याइ

फिल्मीखबर, काठमाण्डौ, 2018/08/19
नेपाल प्रदर्शन अगावै अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ लाई विदेशमा भ्याइ–नभ्याइ हुन थालेको छ । नेपालमा असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको शनिवार मात्र अष्ट्रेलियामा पहिलो वल्र्ड प्रिमियर भएको छ । 
 
 
अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर शोमा अभिनेता अधिकारी सहभागी भएका थिए । फिल्मका सह निर्माता महेन्द्र अधिकारीले त्यहाँको प्रिमियर शो गर्ने व्यवस्था मिलाएका हुन् । आइतबार पनि अष्ट्रेलियाको हर्टसभिलमा फिल्मको शो राखिएको छ । 
 
'पहिलो प्रिमियरमा सहभागीले फिल्मलाई मन पराउनु भयो' पहिलो वल्र्ड प्रिमियर बारे आर्यनले भने, 'यहाँको प्रतिक्रियाले हामीलाई हौसला मिलेको छ ।' अष्ट्रेलियापछि यही अगस्ट २८ तारिखमा बाँध मायालेको शो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । 
 
 
सविर श्रेष्ठले निर्देशन गरेको फिल्म 'बाँध मायाले' मा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्काको अभिनय छ । रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह निर्माताको रुपमा रहेका छन् । 
Most Visited News (monthly)