Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कस्तो चले ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/19
 
शुक्रवारबाट प्रदर्शनमा आएको चार नेपाली फिल्म मध्ये ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले हलमा दर्शकको सुखद साथ पाएका छन् । शुक्रवार औषत रहेको तीन फिल्मको व्यापार शनिवार केही उच्च रह्यो । 
 
यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’, लभस्टोरी जनराको ‘ब्ल्याक’ र एक्सन प्याक्ड फिल्म ‘जय शम्भु’ लाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले राम्रो बोल्दा दर्शकको एक वर्गले कथावस्तुमा खोट लगाएका छन् । 
 
 
अन्य दुई फिल्मभन्दा मल्टिप्लेक्समा 'मिस्टर भर्जिन' कलेक्सनको मामलामा केही माथि देखिएको छ । सिंगलमा यो फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेको छैन । 'ब्ल्याक' र  ‘जय शम्भु’ ले भने सिंगल थिएटरमा केही आशलाग्दो व्यापार गरेका छन् । 
 
तीन फरक जनराका फिल्म भएपनि हलमा १६/२० उमेर समुहका दर्शकहरु बढी देखिएका छन् । शनिवार तीनै फिल्मका कलाकारले राजधानीका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । 
 
 
दिउँसो राजधानीको चाबहिलस्थित गोपीकृष्ण मुभिजमा 'ब्ल्याक' का लिड कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ दर्शकसँग सेल्फी खिच्न व्यस्त देखिएका थिए । हलमा दुई अभिनेता-अभिनेत्रीको क्रेज खुब देखिएको थियो । 
 
'मस्टिर भर्जिन' का प्रमुख कलाकार गौरव पहारी, सृजना सृब्बाले पनि शनिवार दिउँसभर राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । उता 'जय शम्भु' का लिड अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी गोपीकृष्ण र अष्टनारायण हल पुग्दा दर्शक सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए । 
 
 
मल्टिप्लेक्समा बलिउडका दुई ठूला स्टारका फिल्म ‘सत्यमेव जायते’ र ‘गोल्ड’ का कारण नेपाली तीन फिल्म चेपुवामा परेका छन् । बलिउड फिल्मका कारण निर्माताले सर्वाधिक शेयर पाउने मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’, ‘जय शम्भु’ २/४ शोमा सीमित छन् । 
Most Visited News (monthly)