Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका चोपडा र प्रियंका कार्कीबीचको समानता !

फिल्मीखबर, काठमाण्डौ, 2018/08/18
बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् प्रियंका चोपडा । यता नेपाली फिल्मकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् प्रियंका कार्की । यी दुई अभिनेत्रीबीच धेरै कुरामा समानता छ । 
 
दुवैको नाम मिल्छ । दुवै अभिनयमा अब्बल छन् । उचाई उस्तै छ । फिगर पनि लगभग मिल्छ । उमेरमा पनि धेरै वर्षको अन्तर छैन । यति मात्र होइन, दुवै प्रियंका अहिले प्रेममा छन् । 
 
अमेरिकी गायक निक जोनससँग अभिनेत्री चोपडा डेट गरिरहेकी छिन् भने अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेममा करिब २ वर्षपछि अभिनेत्री कार्की रमाइरहेकी छन् । 
 
रोचक कुरा त दुवै अभिनेत्रीले हालै मात्र इन्गेजमेन्ट गरे । निकले प्रियंका चोपडालाई २ करोडको औँठी पहिराए भने आयुष्मानले प्रेमिका प्रियंका कार्कीसँग दुईपटक इन्गेजमेन्ट गरे । 
 
आफूभन्दा कम उमेरका प्रेमीसँग अभिनेत्रीद्वय अब चाँडै विवाह गर्ने तयारीमा छन् । प्रियंका चोपडा इन्गेजमेन्टको कुरामा मौन रहेपनि प्रियंका कार्कीले भने अर्को वर्ष बिहे गर्ने प्लान बनाएको बताएकी छन् । 
 
बुधवार फिल्म 'दाल भात तरकारी' को घोषणा सभामा आफूलाई बधाई दिने सम्पूर्णलाई उनले धन्यवाद दिइन् । उता बलिउड अभिनेत्री प्रियंकाले इन्गेजमेन्टको कुरा लुकाउन खोजे पनि हातको औँलामा टल्किएको औँठी भने बोलिरहेको छ । 
Most Visited News (monthly)