Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाजी, म्युजिकल्लीमा गीत हिट हुँदैमा फिल्म चल्छ ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/18
अचेल फिल्म चलाउन अनेकन फण्डा अपनाइन्छ । कति फण्डाले फिल्मको व्यापारमा गतिलै प्रभाव पार्छ त केहीले सिन्को भाँच्दैनन् । अहिले फिल्मको गतिलो प्रचार रोड कन्सर्टलाई मान्ने गरिन्छ । तर, खर्च ठूलै लाग्ने हुँदा सानातिना ब्यानरले यो आँट गर्न सक्दैनन् । 
 
विदेश घुमाउने योजनादेखि पछिल्लो समय म्युजिकल्ली प्रतिस्पर्धा घोषणा गर्ने होड पनि खुब चलेको छ । हालै फिल्म 'रोजी' को गीत ‘फूल हैन...’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरिएको छ । 
 
 
पछिल्लो समय म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ । म्युजिकल डट ली एपमा आफू आफैंसँग एक्टिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने त ट्रेन्ड नै चलेको छ अचेल । 
 
केही दिन यता फिल्म 'मालिका' को 'हल्का माया' गीत पनि म्युजिकल्लीमा हिट छ । अभिनेत्री नम्रता सापकोटादेखि आम मानिसले समेत यस गीतमाथि म्युजिकल्लीमा एक्टिङ गरेका छन् । आफ्नो फिल्मको गीतमाथि म्युजिकल्लीमा एक्टिङ गर्नेको संख्या देखेर यतिबेला निर्मात्री, निर्देशक तथा अभिनेत्री रेखा थापा दंग छिन् । 
 
उनले हरेक घण्टा आफ्नो फेसबुकमा गीतमाथि गरिएको म्युजिकल्लीको भिडियो शेयर गरिरहेकी हुन्छिन् । तर, म्युजिकल्लीमा गीत हिट हुँदैमा फिल्म हेर्न दर्शकलाई हलसम्म लैजान सजिलो छैन । माहोल बनाउन यसले मद्दत त गर्ला तर बक्सअफिसमा यसको प्रभाव देखिन्छ भन्ने सम्झनु भ्रमपूर्ण हुनसक्छ । 
 
रेखाको झुट
 
यूट्युबमा साढे ७ लाख बढी पटक हेरिएको फिल्म 'मालिका' को 'हल्का माया' गीतको भ्यूअर्स बढाउन डलर खर्च नगरेको रेखाले बारम्बार बताउँदै आएकी छन् । तर, झुट नै बोलेर भएपनि पटक-पटक उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट गीत बुस्ट गरिरहेकी छन् । 
 
 
अहिले उनले 'म्युजिकल्ली एपमा भाइरल गीत' भन्दै फेसबुकमार्फत् गीत बुस्ट गरेकी छन् । डलर खर्च गरेर यूट्युबमा गीतको भ्यूअर्स बढाउन खोजेता पनि त्यसले खासै काम गरेको देखिन्न । यूट्युब रिलिजको एक महिना बढी भइसक्दा पनि सुपरस्टार अभिनेत्रीको गीतले ७ लाख भ्यूज पाउनु सामान्य हो । 
 
'मालिका' को गीतको भ्यूअर्सले नै अभिनेत्री रेखा थापाको स्टारडम छर्लङ्ग पारेको धेरैको तर्क छ । लगातार फिल्म बक्सअफिसमा असफल हुँदा उनको स्टारडम अहिले नाजुक मोडमा पुगेको छ । अब 'मालिका' उनको परिक्षाको घडी हो ।  
Most Visited News (monthly)