Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपलाई ५० लाखको अफर ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/17
अभिनेता प्रदीप खड्कालाई बक्सअफिसमा पैसा छाप्ने मेशिन भनिन थालिएको छ । उनलाई लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्छ । 'प्रेमगीत' हुँदै 'लिलिबिली' सम्म आइपुग्दा उनको लोभलाग्दो 'फ्यान क्रेज' बनेको छ ।
 
उनी फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा मात्र छैनन्, महंगा पनि बन्दै गएका छन् । 'लिलिबिली' मा २५ लाख पारिश्रमिक लिएर अनुबन्ध भएका उनलाई अहिले ५० लाखको समेत अफर आइरहेको छ । 
 
 
भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोज' को प्रचारमा व्यस्त प्रदीपलाई हाल ३ तीनबाट ५० लाखको अफर आएको छ । तीनै फिल्मको उनले वान लाइन स्टोरी पनि सुनिसकेका छन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उनले केही दिनमा तीनमध्ये एक फिल्म साइन गर्दैछन् । 
 
फिल्मीखबरसँगको कुराकानीको क्रममा प्रदीपले ५० लाखको अफर आएपनि साइन नगरिसकेको बताए । उनी भन्छन्, 'पारिश्रमिक ठूलो कुरा होइन । कथावस्तु र भूमिका राम्रो लागे मात्र फिल्म गर्छु ।' उनी ५० लाखको अफर आएका तीनमध्ये एक फिल्म गर्ने सोचमा भने देखिएका छन् ।
 
स्रोतका अनुसार, प्रदीपले निर्माता डक्टर सिंह गुरुङको अनटाइटल प्रोजेक्ट गर्ने लगभग पक्कापक्की भएको छ । उक्त फिल्मलाई भेट्रोन निर्देशक उज्जवल घिमिरेले निर्देशन गर्न सक्नेछन् । निर्माता गुरुङ, प्रदीपलाई ५० लाख र निर्देशक घिमिरेलाई ३५ लाख दिन तयार छन् । 
 
'लभ स्टेशन' पछि 'भैरवी' कि 'प्रेमगीत ३' ? 
 
युवा स्टार प्रदीप खड्का फिल्म 'रोज' पछि घोषणा भइसकेको फिल्म 'लभ स्टेशन' गर्दैछन् । यो फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । यसपछि सुवास गिरीको निर्माण तथा दिनेश राउतको निर्देशन रहने फिल्म 'भैरवी' गर्ने उनको प्लान छ । 
 
 
यो फिल्मका लागि अझै नायिका छनौट नभएका कारण फ्लोरमा जाने डेट तय भएको छैन । 'लभ स्टेशन' को सुटिङ सकिँदासम्म पनि 'भैरवी' फ्लोरमा नगए उनले फिल्म 'प्रेमगीत ३' गर्ने तालिका छ । 
 
यस फिल्मको पनि सुटिङ हुन ढिलाई भएको खण्डमा प्रदीपले ५० लाख अफरको एक फिल्म गर्ने सेड्युल तयार पारेका छन् । उनलाई 'धुर्मुस-सुन्तली' ले निर्माण गर्ने फिल्मबाट पनि अप्रोच गरिएको छ । यो फिल्म गर्ने वा नगर्ने उनले निधो गरिसकेका छैनन् । 

 

Most Visited News (monthly)