Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

खुश्बु र उज्ज्वलले अब फिल्मका लागि प्रतिस्पर्धा गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/08/17
‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ को काठमाण्डौको लागि ग्राण्ड फिनाली सम्पन्न भएको छ । बिहिवार राष्ट्रिय सभागृहमा भएको प्रतियोगिताबाट पुरुषतर्फ उज्ज्वल दुलाल विजेता बने भने महिलातर्फ खुश्बु गिरी विजेता बनिन् ।
 
 
दुलाल र गिरीले अब दोश्रो चरणको प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । 'मिस्टर एण्ड मिस एम्पेरर' का यि दुई विजेताले म्यूजिक भिडियो लगायतमा अवसर पाउनेछन् । दोश्रो चरणको विजेताले भने फिल्ममा अभिनयको अवसर पाउनेछन् । 
 
काठमाण्डौ जसरी नै देशभरका अन्य नौ शहरमा पहिलो चरणको प्रतियोगिताका विजेताहरुले दोश्रो चरणको प्रतियोगितामा भाग लिन पाउने बताईएको छ । काठमाण्डौको फिनालीमा पुरुषतर्फ ओजस्वी थापा र सुरज खत्री क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए भने महिलातर्फ सुप्रभा खत्री र स्वस्तिका सापकोटा क्रमशः फर्स्ट रनरअप र सेकेण्ड रनरअप बन्न सफल भए । 
 
 
फर्स्ट रनरअप र सेकेण्ड रनरअपले समेत दोश्रो चरणमा स्पर्धा गर्न पाउनेछन् । फिनालीमा नायक गौरव पहारी, फिल्म निर्देशक अमरदीप सापकोटा, नायक सञ्जोग कोईराला, निर्माता कृषा चौलागाईँ लगायत निर्णायकको रुपमा रहेका थिए । 
 
कार्यक्रममा नायक सलिनमान बनियाँ, नायिका पुजा शर्मा, निर्माता अशोक शर्मा, नायक निराजन प्रधान, नायिका नम्रता सापकोटा, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईलगायतको उपस्थिथि थियो ।
 
यूवा कलाकारहरुको समेत सहभागिता रहेको पर्फेक्ट प्लान इन्टरटेन्मेण्टले प्रतिभावान व्यक्तिहरुको लागि नयाँ अवसर दिने भन्दै यो प्रतियोगिताको आयोजना गरेको हो । यो कार्यक्रम आयोजना टीममा नायकद्वय सलोन बस्नेत र आमेश भण्डारी तथा यूविका श्रेष्ठ र रबिन कँडेल रहेका छन् । 
 
 
देशभरका प्रतिभालाई नेपाली फिल्म तथा संगीत क्षेत्रमा बिशेष अवसर दिने उद्देश्यका साथ आयोजना भएको ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ को देशभरका अन्य नौ शहरमा अडिशन हुनेछ । प्रतियोगिता दुई चरणमा हुनेछ । 
 
काठमाण्डौ सहित पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धरान, हेटौँडा, विराटनगर, बाग्लुङ्ग र म्याग्दीमा ‘मिस्टर एण्ड मिस एम्पेरर’ हुनेछ । विजेता बनेरका तथा फर्स्ट रनरअप र सेकेण्ड रनरअप गरी हरेक शहरबाट छ(छ जनाले ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ प्रतियोगितामा भाग लिन पाउनेछन् ।
 
 
दश वटै शहरका विजेताले पर्फेक्ट प्लानको तर्फबाट म्यूजिक भिडियोमा ब्रेक पाउनेछन् । दोश्रो चरणमा ‘मिस्टर एण्ड मिस एम्पेरर गेटवे टु कलिउड’ विजेताले नेपाली फिल्ममा ब्रेक पाउने बताईएको छ । यसको साथमा नगद पुरस्कार तथा बिभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
Most Visited News (monthly)