Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

गर्लफ्रेन्ड जियोर्जियासँग बिहे गर्दै अरबाज ?

एजेन्सी, मुम्बई, 2018/08/17
अभिनेता तथा निर्देशक अरबाज खानको नाम आजकाल जियोर्जिया एन्ड्रियानीसँग जोडिएको छ । दुईलाई लिएर केही दिन यता केही न केही खबरहरु बाहिर आइरहेका छन् । दुईलाई धेरै पटक स्पट पनि गरिएको छ । 
 
अरबाज, मलाइका अरोडा खानसँग डिभोर्स लिएपछि अब आफ्नो लाइफ अगाडि बढाउन चाहन्छन् र चाँडै जियोर्जियासँग विवाह गर्न सक्ने बताइएको छ । चर्चित वेबसाइट डेक्‍कन क्रनिकलको रिपोर्ट अनुसार, अरबाज खान चाँडै आफ्नी कथित गर्लफ्रेन्ड जियोर्जिया एन्ड्रियानीसँग विवाह गर्न सक्छन् । 
 
 
यो सम्बन्धलाई लिएर अरबाजलाई अहिले आफ्नो घरबाट ग्रिन सिग्नल मिलेको छैन । सलमान खान र उनको माता-पिताले अरबाज र मलाइकाको विवाह टुट्नुको कारण अरबाजले आफ्नो जिन्दगीमा खास प्रगति गर्न नसकेको मानेका छन् । 
 
यही कारण यो जोडीको डिभोर्स भएको बताइन्छ । मलाइकाले भने सधैं आफ्नो एक अलग पहिचान बनाएकी छन् । उनले फिल्म इन्डष्ट्रीदेखि फेशन शोजसम्म आफ्नो बलियो पकड बनाएकी छन् । 
 
वर्ष १९९८ मा मलाइका र अरबाजको विवाह भएको थियो । बैबाहिक बन्धनमा बाँधिएको १८ वर्षपछि यी दुई एकअर्काबाट अलग भएका हुन् । तर, दुवैबीच मित्रता भने उस्तै छ । प्रायः मलाइका, अरबाजको परिवारसँग भेट गरिरहेकी हुन्छिन् । 
Most Visited News (monthly)