'प्रेमगीत' सिरिजका निर्माता सन्तोष सेन निर्मित चौँथो फिल्म ‘मेरी मामु’ को अफिसियल ट्रेलर लञ्च भएको छ । बिहीवार काठमाडौंको जावलाखेलमा रहेको डिएभी स्कूलका विद्यार्थीहरुलाई साक्षी राखेर कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरियो ।
यो फिल्मबाट निर्माता सेनका ६ वर्षे छोरा आयुब सेनले डेब्यु गरेका छन् । ट्रेलरमा पात्रहरुलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ । उक्त फिल्ममा कुसुम गुरुङले आयुबकी आमाको भूमिका निर्वाहा गरेका छन् । पिताको भूमिकामा अभिनेता शारुक ताम्राकार छन् ।
'प्रेमगीत २' फेम्ड अभिनेत्री अश्लेषा ठकुरीको पनि यस फिल्ममा प्रमुख भूमिका छ । ट्रेलरले फिल्म सस्पेन्स थ्रिलर रहेको महशुस गराउँछ । आमा-छोरा बीचको दूरी र आत्मीयता फिल्मको मुल कथा भनिएता पनि ट्रेलरमा पारिवारिक द्वन्द्व बढी देखाइएको छ ।
बाल मनोविज्ञानमा आधारित फिल्मले एक बालकको आमाप्रतिको माया बोल्ने निर्माता सेनले बताए । निर्देशक तथा लेखक यम थापा 'मेरी मामु' हरेक नेपालीले हेर्नुपर्ने फिल्म बनेको बताउँछन् ।
भाद्र १५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनले खिचेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको ‘मेरी मामु’ मा एलिस कार्कीको पाश्र्व संगीत छ ।
ट्रेलर हेर्नुहोस् :-

