Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

एक रातको कथा ‘मिस्टर भर्जिन’

फिल्मीखबर, काठमाण्डौ, 2018/08/16
सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । हालै मोफसल टुर सकेको निर्माण टिमले प्रदर्शनको अघिल्लो दिन राजधानीमा पत्रकार भेटघाट गर्दै फिल्मको विषयमा जानकारी दिएको छ । 
 
 
तीन भर्जिन युवाको एक रातको कथा बोल्ने फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।
 
निर्देशक विशारद बस्नेतले पहिलो पटक नेपालमा सेक्स कमेडी फिल्म बनेको भन्दै दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए । उनी भन्छन्, 'फिल्मको नाम ‘मिस्टर भर्जिन’ भएकै कारण कसैले पनि नाक खुम्च्याउनु पर्दैन । सबैले हेर्न मिल्ने फिल्म बनेको छ ।' युवापुस्तालाई फिल्मको कथावस्तुले आकर्षित गर्नेमा उनी विश्वस्त सुनिए । 
 
 
अभिनेता गौरवले ‘मिस्टर भर्जिन’ समाजको यर्थाथ कथा रहेको बताए । अभिनेत्री मरिश्काले फिल्मको कन्टेन्ट बलियो भएका कारण दर्शक निराश हुनु नपर्ने बताइन् । यसमा उनले यौनकर्मी (रोजी) को भूमिका निर्वाहा गरेकी छन् । 
 
तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा फिल्मले वाचन गर्ने कलाकार कमलमणी नेपाल बताउँछन् । यस फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् । 
 
 
वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली.को ब्यानरमा निर्माण भएको फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । 
Most Visited News (monthly)