Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकको गाली खाने डरले ‘हुर्रे’ नै हेरेनन् राजारामले !

फिल्मीखबर, काठमाण्डौ, 2018/08/15
आफूले अभिनय गरेको फिल्म नहेर्ने कलाकार सायदै होलान् । सबै कलाकारलाई आफू अभिनीत फिल्म सन्तान सरह लाग्छ । तर, हास्यकलाकार राजाराम पौडेलले भने आफ्नो प्रमुख भूमिका रहेको फिल्म ‘हुर्रे’ नै हेरेनछन् । 
 
बुधवार फिल्म 'बाँध मायाले' को शिर्ष गीत सार्वजनिक कार्यक्रममा उनले यो राज खोले । खासमा यो प्रशंग उनी आफैंले निकालेका भने थिएनन् । पौडेलले फिल्म 'बाँध मायाले' को पोस्टरमा आफ्नो टाउको नराखेकोमा चित्तदुखाई गरेका थिए । 
 
उनले निर्मातालाई राहतका लागि आफ्नो तश्बिर पोस्टरमा राखे आफ्ना केही फ्यान पनि हलसम्म जाने बताएका थिए । यो कुरा आफैंमा रोचक थियो । केही महिना अगाडि फिल्म ‘हुर्रे’ को पोस्टर, गीत र ट्रेलरमा उनीलाई नै विशेष स्थान दिइएको थियो । तर, त्यसले सिन्को भाँचेन । 
 
पत्रकारले कलाकार पौडेललाई प्रश्न गरे- 'पोस्टरमा तपाईको फोटो राखेर फ्यान हलसम्म जाने भए ‘हुर्रे’ हेर्न किन गएनन् त ? उनले ठट्यौली शैलीमा भने, 'त्यो त मलाई के थाहा ? कोही पैसा नभएर गएनन् होला कोही व्यस्त भएर गएनन् होला ।' उनको यो जवाफले कार्यक्रम हल हाँसोले गुञ्जियो । 
 
 
उनको यो जवाफपछि छेवैमा रहेका 'बाँध मायाले' का निर्देशकले भने, 'जति हेर्न गएका थिए ती चाहिँ राजाराम दाईकै फ्यान थिए ।' पछिल्ला हरेक फिल्ममा देखिँदै आएका राजाराम पौडेलले पोखराका एक प्रशंसकले ‘हुर्रे’ आधा हेरेर थुकेर हिँडेको कुरा पनि जोडे । 
 
‘हुर्रे’ रिलिजको बेला म सुटिङका लागि पोखरमा थिएँ । त्यहाँ एक प्रशंसकले फिल्म आधा हेरेर थुकेर हिँडेको बताउनुभएको थियो । मैले पनि फिल्म हेरेको थिइनँ । काठमाडौं फिरेपछि मैले कलाकार विजय बराललाई फोन गरेर फिल्म हेर्न जान लागेको बताएँ । उसले 'दाई दर्शकले गाली गर्छन्' भनेपछि म हेर्न नै गइनँ’, उनले भने । 
 
राजारामले ‘हुर्रे’ हेर्दै नहेरेको र कस्तो बन्यो भन्ने समेत थाहा नभएको बताए । स्क्रिप्ट छनौटमा चुकेको आरोप खेपिरहेका उनी आखिर दर्शकले थुक्ने र आफूले नै हेर्न जान नमिल्ने फिल्म किन गरिरहेका छन् त ?, पैसामुखी भएका त होइनन् ? 
 
उनलाई नेपाली फिल्मको ब्रम्हानन्दम भन्ने गरिन्छ । उनी भएपछि दर्शकमा फिल्म कमजोर नहुने विश्वास छ । दर्शकको एक वर्ग उनी भएकै कारण हलसम्म पुग्ने पनि छ । कतै राजारामले आफ्नै 'डाईहार्ट' फ्यानमाथि त कुठाराघात गरिरहेका छैनन् ? 
Most Visited News (monthly)