Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायाले बाँध्न आर्यनलाई सृष्टिको आग्रह (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/15
अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी स्टारर फिल्म 'बाँध मायाले' को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ । 
 
 
सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतको एरेञ्ज उदयराज पौडेलले गरेका हुन् । गीतको शब्द हृदयस्पर्शी भएपनि एरेञ्ज कमजोर देखिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र सृष्टि फिचर्ड छन् । यसमा दुवैको केमेस्ट्री मिलेको छ । 
 
 
सविर श्रेष्ठ निर्देशित फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । निर्देशक श्रेष्ठले 'बाँध मायाले' आफूले बनाएका अन्य फिल्मभन्दा फरक रहेको बताए । 
 
 
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)