Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणबीरसँग नजिक हुँदा आलियासँग कैटरीना रुष्ट

एजेन्सी, मुम्बई, 2018/08/15
अभिनेत्री आलिया भट्टले आफ्ना प्रेमी रणबीर कपूरकी पूर्व प्रेमिका कैटरीना कैफसँग मनमुटावको खबरको खण्डन गरेकी छन् । उनले 'कपरीसी ब्याग्स्' को नयाँ कलेक्सन लञ्च गर्दै पत्रकारसँग कुरा गरेकी छन् ।  
 
आलिया र कैटरीना पहिलादेखि नै मिल्ने साथी हुन् । दुईले प्रायः सोसल मिडियामा आफ्नो वर्कआउट र मित्रताका तश्बिर पोस्ट गरिरहेका हुन्थे । तर जबदेखि आलियाले रणबीरसँग डेट गर्न थालिन्, तबदेखि आलिया र कैटरीनाको सम्बन्ध ठिकठाक नभएको चर्चा छ । 
 
 
इन्स्टाग्रामले पनि उनीहरुको मित्रतामा आएको दरार बोल्छ । इन्स्टाग्राममा अब कैटरीनाले आलियाको तश्बिर लाइन गर्न छाडेकी छन् । पत्रकारको प्रश्नमा आलियाले भनिन्, 'म आफ्नो इन्स्टाग्राम लाइक्स चेक गर्दिनँ । यसकारण मलाई यसको बारेमा केही थाहा छैन तर हामी अहिले पनि असल साथी हौं ।'
 
उनले अगाडि भनिन्, 'मलाई लाग्छ कि हामीबीच केही बदलाव आएको छैन तर मानिसहरु किन अलग सोच्छन् ? मलाई थाहा छैन ।' आलिया मजाक शैलीमा भन्छिन्, 'सायद अब मेरा राम्रो तश्बिर छैनन् होला । तर अब म कैटरीनालाई म्यासेज गरेर मेरो तश्बिर लाइक गर भनेर भन्नेछु । यदी मित्रताको अर्थ यही हो भने यही नै सही ।' 
 
आलिया अचेल 'ब्रह्मास्त्र' को छायांकनमा व्यस्त छिन् । फिल्ममा उनको अपोटिजमा रणबीर कपूर छन् । यसमा अमिताभ बच्‍चनको पनि महत्वपूर्ण भूमिका छ । अयान मुखर्जीले यसको निर्देशन गरिरहेका छन् । यसपछि आलिया 'गुल्ली ब्वाई', 'कलंक' र 'शुद्धि' मा देखिँदैछिन् । 
Most Visited News (monthly)