Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीप‍िका-रणवीरको बिहे कन्फर्म

एजेन्सी, मुम्बई, 2018/08/14
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीप‍िका पादुकोणले २० नोभेम्बरमा सात फेरो लिने कन्फर्म भएको छ । फिल्मफेयरको रिपोर्टका अनुसार, यी दुईको विवाह इटालीमा हुनेछ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् । 
 
यो ड्रिम वेड‍िङमा मात्र ३० जना पाहुना हुनेछन् । दीप‍िका-रणवीरभन्दा पहिला भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र एक्ट्रेस अनुष्का शर्माले पनि इटालीमा विवाह गरेका थिए । 
 
 
दीप‍िकाको नजिकका व्यक्तिका अनुसार, उनलाई इटाली निकै मन परेको छ, यसैकारण एक्ट्रेसले डेस्ट‍िनेशन वेड‍िङ प्लान गरेकी हुन् । दीप‍िका-रणवीरको विवाहको मिति फाइनल भएसँगै दुवैलाई बधाई मिल्न सुरु भएको छ । 
 
इटालीमा बिहेपछि यो कपलले आफ्ना सबै साथीलाई मुम्बईमा ग्राण्ड र‍िसेप्शन दिनेछन् । दीपिका र रणवीरले कहिल्यै प्रेममा रहेको स्विकार गरेनन्, तर उनीहरु २०१३ देखि एकअर्कासँग डेट गरिरहेको बताइन्छ । 
 
यो जोडीले 'गोलियों की रासलीला : रामलीला', 'बाजीराव मस्तानी' र 'पद्मावत' मा सँगै काम गरेका छन् । प्रेम र ब्रेकअपको खबरका बीच अन्ततः बलिउडको क्यूट जोडी रणवीर र दीपिका दुलहा-दुलही बन्ने पक्का भएको छ ।
Most Visited News (monthly)